चार जना मृत अवस्थामा फेला

०३ जेठ, काठमाडाैँ । देशका विभिन्न स्थानमा ४ जना मृत अवस्थामा फेला परेको नेपाल प्रहरीले जानकारी दिएको छ । 

  • धादिङ, बेनीघाट रोराङ्ग गाउँपालिका-३ चिसापानीस्थित मालिङ्गा खोला बगरमा सोही गाउँपालिका-३ पुलामी डाँडा बस्ने काजिमान पुलामी मगरको छोरा ११ वर्षीय दिपक पुलामी मगर शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • बर्दिया, गेरूवा गाउँपालिका-४ तिनघरूवा बस्ने ३८ वर्षीय गोपाल तिमिल्सिना आफ्नै घर पछाडी रहेको मकै बारीमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् । 
  • इलाम, देउमाई नगरपालिका-१ चमैता बस्ने ५१ वर्षीय मेख बहादुर राई सोही ठाउँस्थित खम्बुडाँडा जंगलमा शुक्रबार  मृत अवस्थामा फेला परेका छन् । 
  • काभ्रेपलाञ्चोक, धुलिखेल नगरपालिका-८ चौकोटस्थित हाल सञ्चालनमा नरहेको प्राइम नुडल्स चाउचाउ फ्याक्ट्री भित्र हाल नाम, थर र वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन् । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

You May Also Like

More From Author

+ There are no comments

Add yours