०१ जेठ, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेटका नाममा ९२ करोड ६२ लाख ५९ हजार रुपैयाँ खर्च गरेको पाइएको छ ।
महालेखा परीक्षकको कार्यालयको ६२औं प्रतिवेदनमा उक्त रकम खर्च गरिएको उल्लेख छ ।
नम्बर प्लेट छपाइका लागि ९२ करोड ६२ लाख ५९ हजार खर्च भएकोमा प्रदेश सरकार मातहत यातायात कार्यालयबाट ६३ हजार २ सय ८९ थान मात्रै जडान भएको छ ।
प्रतिवेदनले उल्लेख गरे अनुसार यातायात व्यवस्था विभागले २५ लाख सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न एक सेवा प्रदायकसँग सम्झौता गरी यस वर्षसम्म ५ लाख ९२ हजार ८ सय ९ थान नम्बर प्लेट छपाइ गरेको थियो ।
यातायात व्यवस्था विभागले २२ कात्तिक २०७८ मा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नयाँ सवारी दर्ता, नामसारी र नवीकरण गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको र २८ कात्तिक २०७९ देखि सबै सरकारी सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य गरे तापनि उक्त व्यवस्थाको प्रभावकारी कार्यान्वयन नभएको प्रतिवेदनमा उल्लेख छ ।


+ There are no comments
Add yours