आजदेखि कक्षा १२ को परीक्षा: मोबाइल वा स्मार्टवाच लगेको भेटिए सबै परीक्षा रद्द हुने

२१ बैशाख,, काठमाडौँ । कक्षा १२ को वार्षिक परीक्षा भोलिदेखि सुरु हुँदैछ । यसैबिच राष्ट्रिय परीक्षा बोर्डले परीक्षा हलमा मोबाइल फोन, स्मार्टवाच लगायत कुनै पनि इलेक्ट्रोनिक डिभाइस लैजान प्रतिबन्ध लगाएको छ ।

हिजाे एक सूचना जारी गर्दै बोर्डले परीक्षा केन्द्रभित्र मोबाइल वा अन्य डिजिटल डिभाइस प्रयोग गरिएको पाइए सम्बन्धित विद्यार्थीको सम्पूर्ण परीक्षा रद्द हुने चेतावनी दिएको छ ।

“परीक्षालाई मर्यादित एवं व्यवस्थित रूपमा सञ्चालन गर्न परीक्षा हलभित्र मोबाइल फोन तथा स्मार्ट घडी लगायतका अन्य इलेक्ट्रोनिक्स डिभाइस लैजान पूर्ण रूपमा निषेध गरिएको ब्यहोरा सम्पूर्ण केन्द्राध्यक्ष एवं परीक्षार्थीहरूमा अनुरोध छ,” सूचनामा भनिएको छ ।

यसअघि विभिन्न परीक्षा केन्द्रहरूमा मोबाइल प्रयोग गरेर नकल गर्ने घटनाहरू दोहोरिएपछि बोर्डले यसपटक विशेष कडाइ गरेको हो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours