१६ वैशाख, काठमाडौँ । गुगलले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा आधारित तीन ओटा टुल सार्वजनिक गरेको छ । नयाँ भाषा सिक्न सहयोग पुर्याउने उद्देश्यसहित कम्पनीले यी टुलहरू गुगल ल्याब्समार्फत सार्वजनिक गरेको हो ।
हाल प्रारम्भिक परीक्षण चरणमा रहेका यी टुलहरू प्रयोगकर्ताले आफ्नो आवश्यकता अनुसार प्रयोग गर्न सक्नेछन् । अनलाइन प्लेटफर्मबाट भाषा सिकाउने डुओलिङ्गो जस्ता एपसँग प्रतिस्पर्धा गर्न गुगलले यी टुल ल्याएको बताइएको छ ।
गुगलले सार्वजनिक गरेका तीन ओटा नयाँ मोडेलमध्ये एउटा हो ‘टाइनी लेसन’ (Tiny Lesson) । नयाँ भाषा सिक्ने क्रममा तुरुन्तै आवश्यक पर्ने तर नसिकिएको कुनै विशेष वाक्यांशको आवश्यकता परेमा यो टुल उपयोगी हुन्छ ।
गुगलका अनुसार, जब कसैले भाषा सिक्दैछ तर आवश्यक वाक्यांश तुरुन्तै थाहा नपाउँदा सिक्ने इच्छामा कमी आउन सक्छ । यसै विचारमा आधारित भएर यो टुल विकास गरिएको हो ।


+ There are no comments
Add yours