स्वरोजगार लघुवित्तको एफपीओ बाँडफाँट, कतिले पाए ?

०१ चैत, काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट भएको छ । शुक्रबार बिक्री प्रबन्धक एनएमबी क्यापिटलले कार्यालयमा एफपीओ बाँडफाँट गरेको हो।

१७ लाख ८० हजार ४ सय ५७ जनाले एफपीओ आवेदन भरेका थिए । उनीहरूले कुल २ करोड १७ लाख १५ हजार ७ सय ५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ६ सय ६४ आवेदकको आवेदन रद्द भएको छ ।

स्वरोजगारको एफपीओ १९ हजार ५ सय ७७ जनाले हात पारेका छन् । तीमध्ये १९ हजार ५ सय ७४ ले १० कित्ता र ३ जनाले ११ कित्ता एफपीओ पाएका छन् ।

आवेदनकमध्ये १७ लाख ७७ हजार ७ सय ९३ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । लघुवित्तले १८ देखि २१ फागुनसम्म एफपीओ निष्कासन गरेको थियो ।

एफपीओ आवेदकले बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइट र मेरो सेयर एकाउन्टबाट नतिजा हेर्न सक्नेछन् । साथै, लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङको वेबसाइटबाट पनि नतिजा हेर्न सकिन्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours