२७ फागुन, काठमाडौँ । नेपाल इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ । इन्स्योरेन्सले नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौँमा चैत १९ गते मंगलवार बिहानको ११ बजे ७६औं साधारण सभा बोलाएको हो ।
सभाले चुत्ता पुँजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशत गरी कूल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । सभाले आ.व. २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सो सँग सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने छ । यस्तै, सभाले लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका विविध प्रस्ताव पारित गर्ने छ ।
कम्पनीले सभा प्रयोजनका लागि कम्पनीले चैत ७ गते एक दिन बुक क्लोज गर्ने भएको छ । तसर्थ चैत ६ गतेसम्म कारोवार भई प्रचलित कानून बमोजिम यस कम्पनीको शेयर रजिष्ट्रार एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौमा प्राप्त शेयर नामसारी लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयरधनीहरुले मात्र उक्त सभामा भाग लिन पाउने छन् ।


+ There are no comments
Add yours