सुनको भाउ तोलामा ५ सय घट्यो

२७ फागुन, काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ६९ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ७० हजार ४ सय रुपैयाँ थियो । फागुन १३ गते सुनको मूल्य हालसम्मकै उच्च १ लाख ७१ हजार ३ सय रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९८४ रुपैयाँ रहेको चाँदी आज १९७० रुपैयाँमा झरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours