तत्काल वैदेशिक रोजगारको अन्त्य सम्भव छैन : पूर्वअर्थमन्त्री खतिवडा

२६ फागुन, काठमाडौं । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार एवं पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार रहेका कारण अफ्ठ्यारो स्थिति रहेको बताएका छन् ।

सोमबारबाट संघीय राजधानीमा सुरु भएको रोजगार मेलालाई सम्बोधन उनले देशभित्र नयाँ थपिने श्रम शक्तिलाई रोजगारी दिनसक्ने अवस्था रहे पनि पुरानो ठूलो शक्ति बेरोजगार भएकै कारण वैदेशिक रोजगारको तत्कालै अन्त्य गर्न कठिन रहेको बताए ।

‘युवा श्रम शक्तिको श्रम बजारमा प्रवेश उल्लेख्य छ । १५–१९ वर्षका व्यक्तिहरू अहिले हामीले हेरियो भने करिब ३० लाख मान्छेहरू छन् । ती मान्छेहरू मध्ये कम्तिमा १९ वर्ष पुगेर २० औँ वर्षमा श्रम बजारमा प्रवेश गर्छन् भन्यो भने कम्तिमा ६ लाख व्यक्तिहरू श्रमबजारमा प्रवेश गर्छन्,’ उनले भने, ‘अहिले ६०–६४ वर्ष उमेरको जनसंख्या १० लाख जति छ । ति मध्ये वर्षमा २ लाख मान्छे श्रम बजारमा निस्कन्छन् भनेर अनुमान गर्न सकिन्छ । यदि त्यसो हो भने ४ लाख मान्छेहरु वर्सेनी श्रम बजारमा थपिन्छन् । अब ४ लाखलाई रोजगारी दिन त हामी सक्छौं । हामीसँग पूर्ण बेरोजगार कम छ, अर्ध बेरोजगारहरू बढी छन् ।’

खतिवडाका अनुसार अहिले वैदेशिक रोजगारीलाई मर्यादित बनाउने, सम्मानित बनाउने, प्रतिफल युक्त बनाउने, वैदेशिक रोजगारीबाट फर्केकालाई श्रमबजारमा फेरि आवद्ध गर्ने, उनीहरूले ल्याएको आर्जनलाई स्वरोजगारी र कामको अवसर सिर्जना गर्नेमा काममा लगाउन सक्नुपर्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours