एसके इनर्जीले आइपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

२९ माघ, काठमाडौं । एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मुल्य १ सय रुपैयाँ दरका २० करोड ८० हजार कित्ताले हुन आउने रकम २० करोड ८० लाख बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्रि प्रबन्धकको रुपमा नियुक्त गरेको हो ।

उक्त क्रममा एसके इनर्जी डेभलपमेन्ट लिमिटेडका तर्फबाट अध्यक्ष वीर बहादुर राई र सानिमा क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत भिष्म राज चालिसेले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

एसके इनर्जी डेभलपमेन्ट लिमिटेडले भोजपुर जिल्लाको षडानन्द नगरपालिका भएर बग्ने श्याम खोलाको पानीको बहाव सदुपयोग गरी ७.२ मेवा क्षमताको श्याम खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours