अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्य देशको विनिमयदर कति?

२४ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जस अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९.६५ रुपैयाँ र बिक्रीदर १४०.२५ रुपैयाँ कायम भएको छ, यो हालसम्मकै उच्च हो।

युरोपियन युरो एकको खरिददर १४५.४९ रुपैयाँ र बिक्रीदर १४६.११ रुपैयाँ, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५.११ रुपैयाँ र बिक्रीदर १७५.८७ रुपैयाँ, स्वीस फ्र्याङ्क एकको खरिददर १५४.८१ रुपैयाँ र बिक्रीदर १५५.४७ रुपैयाँ कायम गरिएको छ।

अस्ट्रेलियन डलर एकको खरिददर ८७.७६ रुपैयाँ र बिक्रीदर ८८.१४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.७२ रुपैयाँ र बिक्रीदर ९८.१४ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०३.५२ रुपैयाँ र बिक्रीदर १०३.९७ रुपैयाँ निर्धारण गरिएको छ।

जापानी येन १० को खरिददर ९.१४ रुपैयाँ र बिक्रीदर ९.१८ रुपैयाँ, चिनियाँ युआन एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२८ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३७.२३ रुपैयाँ र बिक्रीदर ३७.३९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३८.३० रुपैयाँ र बिक्रीदर ३८.४७ रुपैयाँ कायम भएको छ।

आज थाई भाट एकको खरिददर ४.१६ रुपैयाँ र बिक्रीदर ४.१८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३८.०२ रुपैयाँ र बिक्रीदर ३८.१८ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३१.५८ रुपैयाँ र बिक्रीदर ३१.७१ रुपैयाँ, साउथ कोरियन वन १०० को खरिददर ९.६७ रुपैयाँ र बिक्रीदर ९.७१ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.८१ रुपैयाँ र बिक्रीदर १२.८७ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.५० रुपैयाँ र बिक्रीदर १९.५९ रुपैयाँ तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७.९३ रुपैयाँ र बिक्रीदर १८.०१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४५२.६६ रुपैयाँ र बिक्रीदर ४५४.६० रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३७०.४१ रुपैयाँ र बिक्रीदर ३७२.०१ रुपैयाँ, ओमनी रियाल एकको खरिददर ३६२.६९ रुपैयाँ र बिक्रीदर ३६४.२५ रुपैयाँ तोकेको छ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours