Advertisement

चोरी भएका विभिन्न ५९ वटा मूर्तिहरु नेपालमा फिर्ता

0 347

Advertisement

०२ वैशाख, काठमाडौं, । नेपालमा विगतमा चोरी भएर पश्चिमा मुलुकहरुमा ओसारप्रसार भएका मूर्तिहरु नेपालमा फिर्ता भएका छन् । विदेशमा पु¥याइएका सम्पदाहरुमा बेलायतबाट १९ थान, अष्ट्रिया र जर्मनीबाट एक एक थान, अमेरिकाबाट १० थान, तिब्बतबाट २८ थान मूर्तिहरु फिर्ता भएको पुरातत्व विभागले जानकारी दिएको हो ।

पाटनको मोमुडु गल्लीस्थित नारायण मन्दिरमा रहेको वासुदेव कमलाज (लक्ष्मीनारायण)को मूर्ति हालै अमेरिकाबाट फिर्ता भएको थियो । १५ औं शताब्दीको उक्त मूर्ति सन् १९८४ मा चोरी भएर अमेरिकाको टेक्सासस्थित डल्लास म्यूजियममा राखिएको थियो ।

उक्त म्यूजियममा रहेको कुरा सन् २०२० मा इरिन एल थम्पसनले जानकारी दिएपछि फिर्ता ल्याउने शुरु भयो । गएको चैत ३१ गते नेपाल फिर्ता आएको यस मूर्तिलाई वैशाख २ गते पूरातत्व विभागले फिर्ता लिँदै पाटन संग्रहालयमा पठाउने तयारी थालेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.