Advertisement

उपत्यकाको कोरिडर सडक व्यवस्थापनका छुट्टै ट्राफिक प्रहरीको टोली

0 608

Advertisement

१९ चैत, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको कोरिडर सडक व्यवस्थापनका लागि छुट्टै टोली खटाएको छ। महाशाखाले आज एक कार्यक्रम गरी कोरिडोर सडक व्यवस्थापन टोली (सिएमटी) परिचालन गरेको हो।

महाशाखाको निरन्तर समन्वय एवं पहलमा निर्माण भई सञ्चालनमा रहेका उपत्यकाका मुख्य कोरिडोरहरु विष्णुमती, बागमती, धोबीखोला र मनोहरा कोरिडोरको प्रभावकारी व्यवस्थापन गरी अधिकतम प्रयोगमा ल्याउन योजना लागू गरेको हो।

आजदेखि करिडोरलाई चौबीस खण्डमा विभाजित गरी कोरिडोर क्लियरेन्सको लागि १७ टोली गठन गरी परिचालन गरेको छ। टोलीको पहिचानको लागि ‘ट्राफिक पुलिस-सिएमटी’ लेखिएको प्लोरोसेण्ट ज्याकेट लगाएर आफनो जिम्मेवार करिडोर सडकमा मोटरसाइकलमा निरन्तर अनुगमन गर्नेछ।

महाशाखाले कोरिडोर सडकहरुमा हुने सवारी चाप व्यवस्थापन, सवारी दुर्घटनामा शीघ्र ट्राफिक परिचालन तथा अव्यवस्थित रुपमा हुने पार्किङलाई नियन्त्रण गर्ने मुख्य उद्देश्य सहित छुट्टै डेडिकेटेड टिम परिचालन गरेको महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले बताए।

यो टिमले आम सवारी चालकहरुलाई आफ्नो गन्तब्यसम्म पुग्नका लागि छोटो र सहज तरिकाले कोरिडोर सडक प्रयोग गर्न प्रोत्साहन समेत गर्नेछ। मुख्य सडकको चोक जंक्सनको क्युमा बस्नुपर्ने विकल्पको रुपमा कोरिडोर सडक प्रयोग गरी समय तथा इन्धनको समेत वचत हुने अपेक्षा रहेको एसएसपी भट्टराईले व्यक्त गरे।

करिडोर सडकको प्रयोगले मुख्य सडकमा हुने सवारी चापमा कमी ल्याउनुको साथै सवारी आवागमन तथा ट्राफिक व्यवस्थापनमा समेत सहजता प्रदान गर्ने महाशाखाको अपेक्षा छ।

यो टिमले आफ्नो जिम्मेवार इलाकामा निरन्तर अनुगमन गरी सवारी आवागमनमा सहज बनाई कोरिडोर सडकको सुचारू गर्ने, पुल तथा जक्सनको क्रसिङ्गमा हुने चाप/क्यूलाई व्यवस्थापन गर्ने, जथाभावी पार्किङ गर्ने प्रवृत्तिलाई निरूत्साहित गरी कोरिडोर सडक प्रयोग गर्ने परिपाटीको विकास गरी प्रयोगकर्तालाई प्राथमिकता दिई व्यवस्थापन गरिने महाशाखाका प्रबक्ता एसपी श्यामकृष्ण अधिकारीले बताए।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.