ओलाङचुङगोला केन्द्रविन्दु बनाएर ५.६ म्याग्निच्युडको भूकम्प

०८ मंसिर, काठमाडौँ। मंगलबार बिहान काठमाडौँ उपत्यकामा पनि भूकम्पको धक्का महसुस भएको छ।

ताप्लेजुङको ओलाङचुङगोला नजिक तिब्बत सीमा क्षेत्र आसपास केन्द्रबिन्दु भएर गएको ५.६ म्याग्निच्युडको भूकम्पको धक्का काठमाडौँ उपत्कामा पनि महसुस भएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका वरिष्ठ भूकम्पविद् डा.लोकविजय अधिकारीले मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा ओलाङचुङगोला (ताप्लेजुङ) तिब्बत सीमा क्षेत्र नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको पुष्टि गरे।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित पूर्वी र मध्य तराईका धेरै जिल्लामा महसुस भएको छ।

भौगोलिक रूपमा नेपाल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ।

हिमालय क्षेत्र भएकाले यहाँ ससाना भूकम्प निरन्तर गइरहन्छन्। तर, पश्चिम नेपालमा लामो सयमदेखि ठूलो भूकम्प नगएकाले भूकम्पको जोखिम अझ धेरै रहेको भूकम्पविद्हरूले बताउने गरेका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours