Advertisement

ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट; भाग्यमानी ५ लाख ९४ हजारले पाए १० कित्ता

0 473

Advertisement

१३ चैत, काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीको केन्द्रिय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा दिउसो १ बजे भएको बाँडफाँटमा ५ लाख ९४ हजार जनाले १० कित्ताका दरले शेयर हात पारेका छन् ।

विक्री प्रबन्धकले योग्य आवेदक १७ लाख ९७ हजार ८३५ जना आवेदकमा गोलाप्रथाको माध्यमद्वारा आईपीओ बाँडफाँट गर्दा १२ लाख ३ हजार ८३५ योग्य आवेदकको हात खाली भएको हो ।

कम्पनीले फागुन २१ गतेदेखि २६ गतेसम्म सर्वसाधारणमा आईपीओ विक्री गरेको थियो । कम्पनीले सर्वसाधारणका लागि छुट्याएको कुल ६६ लाख कित्तामध्य ५९ लाख ४० हजार कित्ता मात्र सार्वजनिक निष्कासन मार्फत आईपीओ विक्री गरेको हो । कुल कित्तामध्ये ५ प्रतिशत कम्पनीको कर्मचारीहरुका लागि र ५ प्रतिशत सामूहिक लगानीकोषको लागि बाँडफाँट पश्चात आम सर्वसाधारणका लागि आईपीओ बाँडफाँट गरिएको हो ।

यस कम्पनीको आईपीओमा १८ लाख ४२ हजार ४८० जनाको आवेदन परेको विक्री प्रबन्धक एनएमबि क्यापिटलको भनाई छ । कुल आवेदकमध्य ४४ हजार ६४५ जनाको आवेदन रद्ध भएको समेत क्यापिटलले जानकारी दिएको हो । कुल आवेदकमध्य १२ लाख ४८ हजार ४८० जनाले शेयर नपाएका हुन ।

प्राथमिक शेयरको नतिजा मेरो शेयर तथा सिडिएससीको प्राथमिक शेयरको नितिजा हेर्ने छुट्टै वेवसाइट www. iporesult.cdsc.com.np बाट पनि हेर्न सकिन्छ ।



मल्टिमिडिया ग्यालरी


© Nepali horoscope

Comments

comments

Subscribe to our newsletter
Sign up here to get the latest news, updates and special offers delivered directly to your inbox.
You can unsubscribe at any time
Leave A Reply

Your email address will not be published.