नाडा अटो शो २०२६: सिद्धार्थ बैंकद्वारा ५.९६ प्रतिशत ब्याजदरमा विशेष अटो कर्जा योजना सार्वजनिक

१० भदौ, काठमाडौँ। NADA Automobiles Association of Nepal द्वारा आयोजना भइरहेको NADA Auto Show 2026 मा सहभागी सिद्धार्थ बैंक लिमिटेडले ग्राहकहरूलाई लक्षित गरी विशेष अफर सार्वजनिक गरेको छ।

बैंकले एक्स्पो अवधिभर सवारी साधन खरिदका लागि कर्जा लिने ग्राहकहरूका लागी ५.९६ प्रतिशत वार्षिक ब्याजदर तथा ०.५ प्रतिशत सेवा शुल्क (Processing Fee) सहितको आकर्षक कर्जा सुविधा सञ्चालनमा ल्याएको छ।

यो विशेष योजना २०८३ भाद्र ०९ गतेदेखि १४ गतेसम्म (२५-३० अगस्ट २०२६) आयोजना भइरहेको NADA Auto Show 2026 अवधिमा बुकिङ्ग गरिएका सवारी साधनका लागि लागू हुनेछ।

सवारी साधन खरिद गर्न इच्छुक ग्राहकहरूले एक्स्पोमा सहभागी भई बैंकको विशेष कर्जा योजनाको लाभ लिन अनुरोध छ। यस योजनाबाट ग्राहकलाई सहज, सरल तथा प्रतिस्पर्धी ब्याजदरमा कर्जा सुविधा उपभोग गरि आफ्‌नो आवश्यकता अनुरूपको सवारी साधन खरिद गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।

यस सेवाको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने ग्राहक सेवा केन्द्र, ‘सिद्धार्थ केयर’ मा निम्न माध्यमहरु मार्फत सम्पर्क गर्न सक्नुहुनेछ:

You May Also Like

More From Author

+ There are no comments

Add yours