गएको एक वर्षामा १३ अर्बभन्दा बढीको कस्मेटिक सामान आयात

०८ भाद्र, काठमाडाैँ । नेपालमा १३ अर्ब ४ लाख रुपैया बराबरको सौन्दर्य तथा व्यक्तिगत प्रयोगमा आउने कस्मेटिक सामग्री आयात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म तथ्याङ्कअनुसार सौन्दर्य सामग्री आयात भएको देखिएको छ । यो अघिल्लो वर्षको भन्दा करिब दुई अर्ब रुपैयाँले बढी हो । आर्थिक वर्ष २०८१/८२ मा ११ अर्ब २५ करोड रुपैयाँबराबरको कस्मेटिक सामग्री आयात भएको थियो ।

आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्म आयात भएका कस्मेटिक सामानमा परफ्युम, लिपस्टिक, फेस क्रिम, बडी लोसन, स्याम्पु, हेयर कलरलगायत छन् । सबैभन्दा ठूलो रकम ‘अन्य मेकअप सामग्री’को आयातमा देखिन्छ । यस शीर्षकमा मात्रै ४ अर्ब ९८ करोड २४ लाख रुपैयाँ बराबरको सामग्री आयात भएको छ । कस्मेटिक्स सामाग्री लेबनान,पाकिस्तान, टर्की, उज्बेकिस्तान, जर्मनी , भारत लगातयतका देशबाट आयात भएका छन् ।

उपलब्ध तथ्यांकअनुसार परफ्युम आयातमा ६ करोड १५ लाख ३० हजार रुपैयाँ खर्च भएको छ भने लिपस्टिकमा ७९ करोड ४७ लाख ३७ हजार रुपैयाँ बाहिरिएको छ । आँखाको मेकअपमा प्रयोग हुने सामग्रीमा २९ करोड ७९ लाख ८६ हजार, नेल पोलिसमा ६ करोड ६५ लाख ४८ हजार र म्यानेक्युर तथा पेडिक्युर सामग्रीमा ५ करोड ७७ लाख ८७ हजार रुपैयाँको आयात भएको छ । पाउडर आयातमा २८ करोड ४४ लाख ४३ हजार रुपैयाँ खर्च भएको छ भने फेस क्रिममा १ अर्ब ९५ करोड ९८ लाख ४८ हजार रुपैयाँ बाहिरिएको छ ।

यसैगरी, बडी लोसन आयातमा ८२ करोड ७० लाख ७४ हजार रुपैयाँ, सिन्दुरमा १ करोड २४ लाख ६४ हजार रुपैयाँ र छालामा लगाउने क्रिम तथा पेट्रोलियम जेलमा ७ करोड ७७ लाख ३९ हजार रुपैयाँ खर्च भएको छ । कपालसँग सम्बन्धित सामग्रीको आयातमा पनि ठूलो रकम बाहिरिएको छ । तथ्यांकअनुसार स्याम्पु आयातमा १ अर्ब २६ करोड ६६ लाख ५१ हजार रुपैयाँ खर्च भएको छ ।

कपाल स्ट्रेट गर्ने साधनमा ४ करोड २२ लाख २२ हजार, हेयर कलरमा ३५ करोड २२ लाख ४६ हजार र हेयर आयलमा ७० करोड ६४ लाख ७४ हजार रुपैयाँ बराबरको आयात भएको छ । त्यस्तै, हेयर ड्राई/कलरमा १ अर्ब ९ करोड ९९ लाख ७६ हजार रुपैयाा, हेयर क्रिममा ४ करोड ९० लाख ७८ हजार र हेयर कन्डिसनरमा ६ करोड ६४ लाख ५२ हजार रुपैयाँ खर्च भएको तथ्यांकले देखाउँछ ।

कस्मेटिक सामानको प्रयोग बढेसँगै यसको बजारमा पनि प्रतिस्पर्धा बढ्दै गएको व्यवसायीहरूले बताएका छन् । पछिल्लो समय व्यक्तिगत प्रयोगसँगै ब्युटीपार्लर र सैलुनमा कस्मेटिक सामग्रीको माग बढेको उनीहरूको भनाइ छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours