०८ भाद्र, काठमाडाैँ । नाडाले आफ्नो स्वर्ण जयन्ती संस्करणका रूपमा रहने प्याभिलियनमा नेपालभित्रै उत्पादन वा एसेम्बल गरिएका सवारीसाधन र अटोमोबाइल सामग्री प्रदर्शन गरिने भएको छ। काठमाडौंको प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा मंगलबारदेखि १८औं संस्करणको नाडा अटो शो सञ्चालन हुँदै छ।
करिब आठ नेपाली उत्पादक सहभागी हुनेछन्, जसमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेलमेट उत्पादक पर्छन्। यसअन्तर्गत यात्री, एसियन ब्याट्रिज, कोहिनूर प्लास्टिक इन्डस्ट्रिज, नेपाल ल्युब आयल र पूर्वाञ्चल ल्युब आयल रहेका आयोजक समितिले जनाएको छ।
नेपालमा सवारीसाधनको महत्त्वपूर्ण प्रदर्शनीका रूपमा स्थापित शोमा ५३ सवारीका ब्रान्डले सहभागिता जनाउँदै छन्। यसमा २३ प्यासेन्जर कार, १७ लाइट कमर्सियल भेहिकल र १३ दुईपांग्रे प्रदर्शनमा राखिएको आयोजक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले जनाएको छ।
नाडाको स्वर्णजयन्ती वर्षमा हुन लागेको यस पटकको अटो शोमा सवारीसाधनसँगै नेपालमा विकास भइरहेको अटोमोबाइल उद्योग र यससँग जोडिएका सम्भावनालाई देखाउने तयारी गरिएको आयोजकको भनाइ छ।
करिब आठ नेपाली उत्पादक सहभागी हुनेछन्, जसमा विद्युतीय मोटरसाइकल, अटोमोटिभ ब्याट्री, ल्युब्रिकेन्ट र हेलमेट उत्पादक पर्छन्।नाडाले यस पटक अटो शोको मूल सन्देश ‘उद्योगदेखि रोजगारसम्म’ तय गरेको छ। नेपालमा एसेम्बल भइरहेका सवारीसाधन, नेपालमै बन्न थालेका उत्पादन तथा तिनमा आधारित सहायक उद्योग र कम्पोनेन्टलाई प्रदर्शनीमा प्राथमिकता दिइएको नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीले बताए। ९ देखि १४ भदौसम्म हुने अटो शोमा २ सयभन्दा बढी स्टल रहनेछन्। सवारीसाधनतर्फ ५३ ब्रान्ड सहभागी हुने जनाइएको छ। सीमित ठाउँमा सकेसम्म धेरै ब्रान्ड र अटोमोबाइल क्षेत्रसँग सम्बन्धित व्यवसायलाई समेट्ने प्रयास गरिएको अटो शो संयोजक अनुपकुमार बरालको भनाइ छ।
यस पटक अटोमोबाइल कम्पोनेन्ट, पार्टपुर्जा, लुब्रिकेन्ट, टायर, ग्यारेज इक्विपमेन्टलगायत उत्पादन पनि प्रदर्शनीमा रहनेछन्। कम्पोनेन्टतर्फ मात्रै करिब ७० वटा उत्पादन तथा कम्पनी सहभागी हुने आयोजकले जनाएको छ।
अटो शोमा यस पटक ‘मेड इन नेपाल’ लाई विशेष रूपमा देखाउने तयारी छ। त्यसका लागि नेपाल पेभिलियन बनाइएको छ । नेपालमै ब्याट्री र लुब्रिकेन्ट उत्पादन भइरहेको तथा क्लच वायर उत्पादन सुरु भएको आयोजक नाडाले जनाएको छ। दुईपांग्रे सवारीसाधनका लागि आवश्यक हेल्मेट पनि नेपालमै उत्पादन भइरहेको छ।


+ There are no comments
Add yours