०८ बैशाख, काठमाडौँ । आज मिती २०८३ साल वैशाख ८ गते मंगलबार शंकराचार्य जयन्ती भएको हुनाले जसलाई शंकर भगवद्पादाचार्यको नामले पनि जानिन्छ, वेदांतको अद्वैत मतका प्रणेता हुनु हुन्थ्यो।उहाको विचारोपदेश आत्मा र परमात्माको एकरूपतामा आधारित छन् जसको अनुसार परमात्मा एउटै समयमा सगुण र निर्गुण दुइटै स्वरूपमा रहन्छ।आदि शंकराचार्यलाई शिवको अवतार मानिन्छ।
आचार्य शङ्करको जन्मको वास्तविक तिथिमितिको बारेमा अनेक विवाद छन् । हरेक अवतारी पुरुषको जन्म र मृत्यु दुवै दिव्य मानिन्छ ।त्यसैले सुरुमा शङ्करको जन्म मितिको बारेमा खासै खोजी भएन । पछि गरिएका अनुसन्धानहरुबाट उहाको जन्म वि.सं. ७४३ (सन् ६८६) बैशाख शुक्ल तृतीयाको मध्यान्ह कालमा विशिष्टादेवीको गर्भबाट दक्षिण भारतमा भएको जानकारी प्राप्त हुन्छ ।पिता शिवगुरू नामपुद्रिको घरमा विवाहका धेरै वर्षसम्म जब कोही संतान भएनन् तब आफ्नी पत्नी विशिष्टादेवीको साथ पुत्र प्राप्तिको कामनाले धेरै समयसम्म चंद्रमौली भगवान शंकरको कठोर आराधना गर्नु भयो।अन्तमा प्रसन्न भएर भगवान शंकरले सपनामा दर्शन दिए र भनें- ‘वर माँग।’ शिवगुरूले आफ्ना इष्टसित एउटा दीर्घायु सर्वज्ञ पुत्र माग्नु भयो।भगवान शंकरले भने- ‘बाबु, दीर्घायू पुत्र सर्वज्ञ हुँदैन र सर्वज्ञ पुत्र दीर्घायू हुँदैन। भन तिमी कस्तो पुत्र चाहन्छौ?’ तब धर्मप्राण शास्त्रसेवी शिवगुरूले सर्वज्ञ पुत्रको याचना गर्नु भयो।भगवान शिवले फेरि भने- ‘बाबु तिमीले सर्वज्ञ पुत्र पाउनेछौ।
म आफैं तिम्रो पुत्रको रूपमा तिम्रो घरमा अवतार लिनेछु। नेपालमा धर्म संस्थापन पछि आचार्य प्रायः ध्यान मग्न रहन थालेका थिए।तथापि शिष्यहरूको आग्रहले आचार्य सोही कार्यका लागि उत्तराखण्ड पुगे।आचार्यको अन्तर्मुखता बढ्दै गएको देखेर शिष्यहरूले के बुझिहाले भने, गुरुदेवको ब्रह्म स्वरूपमा लीन हुने समय आइपुगेको छ।उहाको जीवनका ३२ वर्ष पूरा भइसकेको थियो। यसबाट सम्पूर्ण शिष्यहरू निराश हुन पुगे।
एक दिन आचार्यले सबै शिष्यहरूलाई आफ्नो नजिक बोलाएर भन्नु भयो – बाबु हो, मेरो शरीरको जुन प्रयोजन थियो, त्यो सकिएको छ।मेरो प्रस्थान पछि तिमीहरूले वेदान्तमय जीवन यापन गरेर वेदान्तको महिमाको प्रचार गर्नू। “अहं ब्रह्मास्मि” “गोविन्दं भज” यस ज्ञानलाई अनुभव गर्नू अनि मात्र ठीक ठीक धर्म प्रचार हुने छ।ठुलो पीठमा आसन भएर कुनै व्यक्ति महान बन्दैन।आचरणले मात्र महानता प्राप्त हुन्छ।
आठ वर्षमा संन्यास ग्रहण गरी व्यास परम्पराका आचार्य गौडपादको शिष्यत्वमा आफ्ना जीवनका २४ वर्ष निरन्तर भ्रमण गरेका आचार्यको मृत्यु ३२ वर्षको उमेरमा बदरीनाथ धाममा भएको मानिन्छ ।
पं-बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours