आज देशभर मौसम सफा रहने, क्रमशः चिसो बढ्दै

०८ मंसिर, काठमाडौँ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै, सोमबार दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

त्यस्तै, कोशी प्रदेशको हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको समेत महाशाखाले जनाएको छ ।

चिसो बढ्दै

काठमाण्डु उपत्यकामा क्रमशः चिसो बढ्दै छ । सोमबार उपत्यकाको न्यूनतम तापक्रम आइतबारको तुलनामा केही बढेको छ ।

महाशाखाका अनुसार सोमबार बिहान ५ः४५ बजे उपत्यकाको न्यूनतम तापक्रम ९.३ डिग्री सेल्सियस देखिएको हो । आइतबार यहि समयमा ७.८ डिग्री सेल्सियस थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours