पत्रकार दीपेन्द्र खनियाँ आफ्नै घरमा मृत फेला

०७ मंसिर, काठमाडौं । पत्रकार दीपेन्द्र खनियाँ मृत अवस्थामा फेला परेका छन् ।

उनि बानेश्वरको थापागाउँस्थित आफ्नै घरमा मृत फेला परेका हुन् । उनि घरभित्रै झुन्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलको मुचुल्का सहित आवश्यक कानुनी प्रक्रिया पूरा गरिसकेको बताएको छ ।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन् ।

उनका श्रीमती र एक छोरी रहेका छन् । खनियाँ पछिल्लो समय मानसिक तनावमा रहेको बुझिएको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours