०२ असाेज, काठमाडौँ । नेपाल फुटबल खेलाडी संघको कार्यसमितिमा रिक्त उपाध्यक्षमा राष्ट्रिय महिला फुटबल टोलीकी अन्जना राना मगर र महासचिवमा राष्ट्रिय पुरुष टोलीका अनन्त तामाङलाई मनोनित गरेको छ।
रिक्त पदाधिकारी र सदस्यमा संघको कार्यसमिति मनोनयनलाई आज बसेको साधारण सभाले अनुमोदन गरेको हो ।
रुपेश केसी, एरिक बिष्ट, अन्जन विष्टलाई सदस्य मनोनित भएका छन्। अनन्त, एरिक र अन्जन व्यवसायिक फुटबल खेल्न हाल बंगलादेशमा छन् ।

यसअघिका उपाध्यक्ष सुजल श्रेष्ठ, महासचिव विशाल राई तथा सदस्य सरोज दाहाल रञ्जित धिमाल हाल विदेशमा रहेका कारण ती पद रिक्त थिए। महासचिव मनोनित अनन्त यसअघि सदस्य थिए।
साधारण सभाले संघको विधान पास गरेको छ। त्यसअघि अखिल नेपाल फुटबल संघ( एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङले साधारण सभाको उद्घाटन गरेका थिए।


+ There are no comments
Add yours