०१ असार, काठमाडौँ । तेलअविवमा राति ९ बजेपछि इरानबाट पहिलो मिसाइल आक्रमण भएको पुष्टि भएको छ ।
राति १ बजेदेखि बिहान ४ बजेसम्म लगातार विस्फोटका आवाजहरू सुनिए पनि हाल बिहान ७ बजेसम्म अवस्था सामान्य रहेको जनाइएको छ ।
सरकारले आपतकालीन सेवाबाहेक सबै नागरिकलाई घरभित्रै बस्न निर्देशन दिएकाले दूतावास खुल्न सकेको छैन । दूतावासका कर्मचारीहरू छुट्टाछुट्टै स्थानमा सुरक्षित रहेका छन् ।
दूतावासका अनुसार सबै नेपालीहरू सुरक्षित छन् । विराटनगरका मेयर नागेश कोइरालासमेत सकुशल रहेको जानकारी प्राप्त भएको छ ।
हवाई तथा समुद्री मार्गहरू बन्द गरिएको छ भने सीमापार ओहोरदोहोर असम्भव बनेको छ । इरानको पहिलो आक्रमण उत्तरी इजरायलको हाइफा बन्दरगाहमा भएको थियो ।
त्यसपछि राजधानी तेलअविव नजिकका रमादगान, ब्याटयाम र ताम्रामा पनि आक्रमण भएको छ ।


+ There are no comments
Add yours