नेपाली बजारमा कियाको सोनेटदेखि ईभी नौ सम्म, कुन मोडलको कति पर्छ मूल्य ?

ई–जीएम्प प्लेटफर्ममा बनेका कियाका नयाँ पुस्ताका विद्युतीय गाडीहरू जस्तै (किया ईभी छ र किया ईभी नौ ) विशेष इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्ममा बनेका छन् ।

०४ साउन, काठमाडौँ । नेपाली अटोमोबाइल बजारमा स्टाइलिस्ट र प्रिमियम फिचर खोज्ने ग्राहकहरूका लागि दक्षिण कोरियाली ब्रान्ड किया पहिलो रोजाइमा पर्ने सवारी साधन हो ।

कियाका गाडीहरू विशेष गरी आकर्षक टाइगर नोज ग्रिल, बोल्ड डिजाइन र बलियो बिल्ड क्वालिटीका लागि परिचित छन् ।

नेपालमा कियाको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज प्रालि हो । कन्टिनेन्टल ट्रेडिङले सन् १९९४ देखि नै नेपालमा कियाका गाडीहरू बिक्री वितरण गरिरहेको छ ।

सन् २०२६ सम्म आइपुग्दा कियाले नेपाली बजारमा गौरवमय यात्राको ३२ वर्ष पूरा गरिसकेको छ ।

विश्वप्रसिद्ध जेडी पावरको विश्वसनीयता रेटिङमा लगातार उत्कृष्ट स्थान हासिल गर्न सफल कियाले नेपाली सडकहरूमा पनि आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ ।

नेपालमा कियाको सोनेट, सेल्टोस, किया ईभी ६, किया ईभी ९ लगायतका मोडलहरू उपलब्ध रहेका छन् ।

किया सोनेट

किफायती मूल्यमा उपलब्ध एसयूभी सेग्मेन्टमा किया सोनेट रुचाइएको गाडी हो । यसको मस्कुलर लुक्स र अग्लो ग्राउन्ड क्लियरेन्स नेपाली सडकका लागि पर्फेक्ट मानिन्छ ।

यसमा १.२ लिटर पेट्रोल इन्जिन (८२ बीएचपी पावर) र १.५ लिटर डिजेल इन्जिन (११४ बीएचपी पावर) तपाईंले पाउनुहुनेछ । २०५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, प्यानोरामिक इन्फोटेनमेन्ट स्क्रिन, एन्ड्रोइड अटो र एप्पल कारप्ले, र सनरुफको सुविधा पनि किया सोनेटमा उपलब्ध रहेको छ ।

त्यसैगरी यसमा तपाईंले सुरक्षाका लागि ६ वटा एयरब्याग, एबिएस, इबिडी, र टायर प्रेसर मोनिटरिङ पनि पाउनुहुनेछ । नेपालमा किया सेल्टोस चार वटा भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य भेरियन्ट अनुसार ४१ लाख ९० हजार देखि ५९ लाख ९० हजार सम्म पर्छ ।

किया सेल्टोस

नेपालको सडकमा सुहाउँदो कियाको सबैभन्दा लोकप्रिय मोडल हो सेल्टोस । यसलाई हुन्डाई क्रेटा जस्ता गाडीहरूसँग प्रतिस्पर्धा गर्ने प्रिमियम फिचर र कम्फर्ट भएको एसयूभी पनि मानिन्छ ।

यसमा १.५ लिटर पेट्रोल इन्जिन (११३ एचपी पावर) र ६ स्पिड म्यानुअल, आईभीटी वा आईएमटी गियरबक्स रहेको छ । साथै वायरलेस फोन चार्जिङ, १०.२५ इन्चको टचस्क्रिन, भेन्टिलेटेड सिट र आकर्षक एम्बियन्ट मुड लाइटिङ रहेको यस गाडीको ग्राउन्ड क्लियरेन्स १९० एमएम रहेको छ ।

६ वटा एयरब्यागका साथ सुरक्षामा कुनै कम्प्रमाइज गरिएको छैन । यसका साथै ३६० डिग्री क्यामेरा, र इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल समेतको सुविधा पनि रहेको छ ।

किया सेल्टोस नेपालमा पाँच वटा भेरियन्टमा उपलब्ध रहेको छ । यसको मूल्य भेरियन्ट अनुसार ५२ लाख ९० हजार देखि ८२ लाख ९० हजार सम्म पर्छ ।

किया ईभी ६

विश्वभर दर्जनौँ अवार्ड जित्न सफल किया ईभी ६ नेपालमा उपलब्ध सबैभन्दा उत्कृष्ट र आकर्षक लक्जरी ईभीमध्येमा पर्छ ।

यसमा तपाईंले ७७.४ किलोवाट आवरको शक्तिशाली ब्याट्री प्याक र रियर ह्विल ड्राइभ पाउनुहुनेछ । किया ईभी ६ एक पटकको फुल चार्जमा करिब ५ सय २८ किलोमिटर सम्मको यात्रा गर्न सकिन्छ ।

साथै यसमा ८०० भोल्टको सुपर–फास्ट चार्जिङ प्रविधि रहेको छ, जसले मात्र १८ मिनेटमा १० प्रतिशत देखि ८० प्रतिशत सम्म चार्ज गर्छ । फ्यूचरिस्टिक ककपिट, घुमाउरो डुअल स्क्रिन, हेड–अप डिस्प्ले र रिभर्स चार्जिङ जस्ता अत्याधुनिक सुविधाहरू उपलब्ध छन् । यसको मूल्य १ करोड २५ लाख ९० हजार रहेको छ ।

किया ईभी ९

किया ईभी ९, कियाको सबैभन्दा विलासी ७–सिटर इलेक्ट्रिक एसयूभी हो । यसले नेपाली बजारमा रहेका प्रिमियम पेट्रोल र डिजेल एसयूभीहरूलाई सिधै टक्कर दिने सामर्थ्य राख्छ ।

तपाईंले यसमा ७६.१ किलोवाट आवरको को(ब्लेड–स्तरीय ब्याट्री प्रविधि र कियाको फ्ल्यागसिप कमाण्डिङ सिट पाउनुहुनेछ । यसमा अत्याधुनिक लेभल ३ एडास सुरक्षा फिचरहरू रहेको छ ।

लाउन्ज जस्तै घुम्ने सिटहरू, विशाल बुट स्पेश र ६ वटा एयरब्याग सहित फाइभ–स्टार सुरक्षा रेटिङ समेत यो गाडीले पाएको छ । यसको मूल्य १ करोड ७९ लाख ९० हजार पर्छ ।

त्यसैगरी कियाको पेट्रोल प्रिमियम कम्प्याक्ट एसयूभी किया स्पोर्टेज एक्स लाइन पनि रहेको छ । यसको मूल्य १ करोड २५ लाख ९० हजार पर्छ ।

अर्को विकल्पमा किया सोरेन्टो हाइब्रिड पनि रहेको छ जसको मूल्य १ करोड ७९ लाख पर्छ ।

कियाको अगाडिको भागमा रहेको आकर्षक टाइगर नोज ग्रिल ९सिग्नेचर ग्रिल० ले यसलाई अन्य गाडी भन्दा फरक बनाएको छ । यसले गाडीलाई प्रिमियम लुक्स प्रदान गरेको छ ।

ई–जीएम्प प्लेटफर्ममा बनेका कियाका नयाँ पुस्ताका विद्युतीय गाडीहरू जस्तै (किया ईभी ६ र किया ईभी ९) विशेष इलेक्ट्रिक–ग्लोबल मोड्युलर प्लेटफर्ममा बनेका छन्, जसले अल्ट्रा–फास्ट चार्जिङ, लामो रेन्ज र उत्कृष्ट क्याबिन स्पेश प्रदान गर्छन् ।

उत्कृष्ट सुरक्षा प्रणालीले गर्दा पनि कियाले ग्राहकको मन जित्न सफल भएको छ । कियाका प्रिमियम गाडीहरूमा लेभल २ एडास सुरक्षा प्रणाली राखिएको हुन्छ, जसले दुर्घटनाको जोखिमलाई निकै कम गर्छ । त्यसैले तपाईं निर्धक्कका साथ ड्राइभ गर्न सक्नुहुनेछ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours