राइड सेयरिङ गर्ने दुई पाङ्ग्रेलाई अब कालो नम्बर प्लेट, वार्षिक कर पनि तोकियो

१६ जेठ, काठमाडौँ । रातो नम्बर प्लेट भएका मोटरसाइकलले राइड सेयरिङ गर्न नपाउने भएका छन् । सरकारले ल्याएको नयाँ आर्थिक ऐनमा यस्तो व्यवस्था गरिएको हो ।

यसपटकदेखि दुई पाङ्ग्रे सवारी साधनलाई समेत भाडाको सवारी साधनका रूपमा दर्ता गर्ने व्यवस्था गरिएको छ । यसरी दर्ता हुने सवारी साधनको कालो नम्बर प्लेट दिने व्यवस्था यातायात ऐन २०४९ मा छ ।

यसरी दर्ता हुने दुइपाङ्ग्रे सवारी साधनले वार्षिक आयाकर तिर्नुपर्ने व्यवस्था समेत गरिएको छ । अहिले यो कर ३ हजार रुपैयाँ तोकिएको छ ।

हालसम्म रातो नम्बर प्लेट भएका मोटरसाइकल तथा स्कुटरले नै राइड सेयरिङ सेवा दिइरहेका छन् । सरकारको यो नियमसँगै अब यस्ता राइड सेयरहरू कालो नम्बर प्लेटमा दर्ता हुनुपर्ने भएको छ ।

त्यस्तै, सरकारले राइड सेयरिङबापत प्राप्त हुने प्रत्येक कारोबारमा ५ प्रतिशत करसमेत लाग्ने व्यवस्था गरेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours