थप बढ्यो काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम, साँझपख वर्षाको सम्भावना

०६ चैत, काठमाडौं । आज (शुक्रबार), काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम मापन गरिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ११.५ डिग्री सेल्सियस छ।

तर आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिनेछ। त्यतिबेला काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सुरुवातको भन्दा केही घट्ने सम्भावना हुन्छ। तर कहिलेकाहीँ यही कायम रहन पनि सक्छ।

हिजो (बिहीबार) सुरुवाती मापनमा १०.८ देखिएको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम अन्तिम मापनका बेला १०.६ डिग्री सेल्सियस कायम भएको थियो। बुधबार ९.५ डिग्री सेल्सियस थियो।

यसैबिच आज साँझपख काठमाडौँ उपत्यकामा पनि वर्षाको सम्भावना देखिएको मौसम महाशाखाले जानकारी दिएको छ।

साँझपख हल्का र राति मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

अहिले नेपालमा प्रि-मनसुन सिजन छ। मौसमविद्का अनुसार यो हुरी, चट्याङसहित क्षणिक वर्षा हुने मौसम हो।

साथै तापक्रम पनि बढ्दै जान्छ।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

मौसमविद्का अनुसार न्यूनतम तापक्रमले रातिदेखि बिहानसम्मको अवस्था जनाउँछ भने अधिकतम तापक्रमले दिनभरको अवस्था बताउँछ।

बिहीबार यस्तो थियोे तापक्रम सूची:

You May Also Like

More From Author

+ There are no comments

Add yours