आज चैते दशैंको घटस्थापना, कति बेला छ शुभसाइत ?

०५ चैत, काठमाडौँ । आज चैते दशैको घटस्थापना परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज चैते दशैको घटस्थापनाको शुभ साइत विहान ७ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ ।

चैते दशैको घटस्थापनामा उत्तर फर्केर घटस्थापना गर्न समितिले आग्रह गरेको छ ।

चैते दशैँकै दिन मर्यादा पुरुष श्री राम आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फर्किएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।

बनबासबाट सकुशल आगमन भएकोमा अयोध्यावासीलगायत सबैले असत्यमाथि सत्यको जितको रूपमा चैते दशै मनाएका हुन् भन्ने सामाजिक कथन एवं विश्वास रहेको छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours