३० फागुन, काठमाडौँ । मिति २०८२ साल चैत्रकृष्णपक्ष चैत १ गते आइतबार पापमोचनी एकादशी तिथि प्रात: ७ / २९ बजेसम्म हुनेछ।त्यस उप्रान्त द्वादशी तिथि आरम्भ यो दिन श्रवण नक्षत्र हुनेभएकोले यो व्रतको बिधि के हो ?सर्वप्रथम कसले गर्यो ?उसले के फल प्राप्त गर्यो ?हामीले बुझ्नु जरुरि छ।श्रीकृष्णले महाराज युधिष्ठिरलाई र लोमस ऋषिले मान्धाता राजालाई बताउनु भएको इतिहास हो ।
पहिला बशन्त ऋतुको बेलामा अप्सरहरुले विहार गर्ने राम्रो चैत्ररथ नामगरेको बनमा च्यवन ऋषिको आश्रममा मेधावी नामगरेको ऋषि तपस्या गरेर बसिरहेको अवस्थामा मञ्जुघोषा नामकी अप्सराले ति ऋषिलाई कामदेवको बसमा पारेर मोहित बनाउँदै ऋषिको तपस्या समाप्त पार्दै ति मुनिको आचार – विचार ,तपस्या ,नियम – आचरण सवै लोप बनाई स्वर्ग जानकोलागि मेधावी ऋषिलाई बिन्तिगर्न लागिन र ऋषि मोहमापर्दै तिमि आजै आएकी हौ।अहिले मसँग बस र भोलि बिहान उज्यालो भएपछी जाउली भन्न थाल्नुभयो।हुँदा – हुँदा ति दुवै पच्पन्न वर्ष ,नौ महीना ,तीन दिन सम्म रमण गर्दै बितेछ।
त्यसपछि ति अप्सराले म अव जान्छु भन्दा ऋषि भन्नुहुन्छ अव सन्ध्या गरुन्जेल बस भन्दा तिनी भन्छिन हजुरको सन्ध्या कतिलामो छ।त्यसपछि ऋषिले ध्यान गरेर हेर्दा – हेर्दै तिनीसँग सन्तावन्न बर्ष बितेको र आफ्नु जप – तप ,तपस्या ,आचार – विचार सवै कर्म लुप्त भएको देखेर “स तां शशाप मेधावी त्वं पीशाची भवेति च “अर्थात् तँ पिशाचिनी होइजा भनेर श्राप दिए।त्यसपछि ति मञ्जुघोषा हात जोड्दै बिन्ति गर्दछिन हे प्रभु यो श्राप के गर्यो भने नाश हुन्छ भन्दा ऋषि आज्ञा गर्नुहुन्छ हे पापिनी तैंले अव चैत्र महिनाको कृष्णपक्षको पापमोचनी नामगरेको एकादशीको व्रत गरिस्भने तेरो सवै पापनाश हुनेछ भनेर आफुचाहिं बाबु च्यवन ऋषिलाई यो पापको प्रायश्चित कसरी हुनेछ भनी प्रश्नगर्दा बाबु भनुहुन्छ हेर चैत्रको कृष्णपक्षमा पापमोचनी नामको एकादशी पर्दछ र त्यस एकादशीको व्रत गर्यौभने समस्त पाप नाश हुन्छ बाबाले भनेको सुनेर ति मेधवीले यो पापमोचनी एकादशीको व्रत गरे भने यता ति मञ्जुघोषा अप्सराले पनि व्रत गरेर आफ्नु श्राप समाप्तगरि स्वर्गगई यता मेधावी ऋषि पनि फेरि पुण्यवान भए। त्यसैले सम्पूर्ण मानवले आफुले जानी – नजानी गरेको पापहरु नाश गर्नकोलागी यो व्रत अवस्य लिनुपर्दछ।जसलेगर्दा पापहरु नाश हुनेछ र यो महात्म्य श्रवण मात्र गर्नाले पनि एक हजार गाई दान गरेको फल मिल्नुको साथै धेरै पुण्य प्राप्त गर्दछ।
पं- बालमुकुन्द देबकोटा


+ There are no comments
Add yours