कस्तो रहला आज देशभरको मौसम ?

२० फागुन, काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।

आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ।

कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ।

You May Also Like

More From Author

+ There are no comments

Add yours