१३ फागुन, काठमाडौँ । नेपाल वायु सेवा निगमका एक वरिष्ठ पाइलटको साथबाट एयरपोर्टमा भेटिएको सुन प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चासो देखाएको छ ।
अघिल्लो साता दुबईबाट काठमाडौं फर्किएको निगमको जहाजका पाइलटले बोकेको सुनको विषयमा छानबिन नगरी छोपछाप गरिएको विषयलाई अन्नपूर्णले सार्वजनिक गरेको थियो ।
ती पाइलटले अधिकतम १८ तोला सुन अवैध ढंगले साथमा बोकेको शंकापछि विमानस्थलस्थित प्रहरी, अध्यागमन र भन्सार अधिकारीहरूले ३ घण्टा नियन्त्रणमा लिएका थिए । पछि भन्सार कार्यालयले माफी मगाई राजस्वसमेत नतिराई छोडेका थिए ।
यो प्रकरणलाई ढिसमिस गर्न निगमकै केही पाइलट सक्रिय रहेको र त्यसमा निगम व्यवस्थापनसमेत मौन बसेको भनी आलोचना भइरहेको छ । यसबारे अख्तियारले मंगलबार अध्यागमन र भन्सार कार्यालयलाई सोधपुछ गरेको छ ।
‘यो घटनालाई लुकाएर राखिएको पाइएको छ । हामी अनुसन्धान गरिरहेका छौं, अख्तियारका एक अनुसन्धान अधिकृतले जानकारी दिए ।


+ There are no comments
Add yours