०८ फागुन, काठमाडौं । चार दिनदेखि काठमाडौँ उपत्यकाको न्यूनतम लगातार वृद्धि भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजे मापन गर्दा काठमाडौँको न्यूनतम तापक्रम १२ डिग्री सेल्सियस छ।
यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे मापन गरिन्छ। त्यतिबेला थोरै घट्ने सम्भावना हुन्छ।
हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ।


+ There are no comments
Add yours