घट्दै चिसो, काठमाडौँको सुरुवाती न्यूनतम तापक्रम १० डिग्रीमा उक्लियो

०७ फागुन, काठमाडौं । हिउँद याम (विन्टर सिजन) अन्त्यतिर आएसँगै देशभर चिसो घट्दो र तापक्रम बढ्दो छ।

यसै क्रममा आज (बिहीबार) काठमाडौँ उपत्यकाको सुरुवाती न्यूनतम तापक्रम १० डिग्री सेल्सियसमा उक्लिएको छ।

मौसम पूर्वानुमान महाशाखाले नेपालखबरलाई दिएको जानकारीअनुसार आज बिहान ५:४५ बजेको मापनमा काठमाडौँको न्यूनतम तापक्रम १०.० डिग्री सेल्सियस देखिएको हो।

यद्यपि यो सुरुवाती मापन हो। आजको वास्तविक न्यूनतम तापक्रम अहिले बिहान ८:४५ बजे आउँछ। जतिबेला काठमाडौँको न्यूनतम तापक्रम सुरुवातको भन्दा थोरै घट्ने सम्भावना हुन्छ।

हिजो (बुधबार) भने काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो।

मौसम महाशाखाले हरेक दिन काठमाडौँसहित देशका विभिन्न स्थानको न्यूनतम र अधिकतम तापक्रम मापन गर्ने गर्छ।

सबैभन्दा तल झरेको तापक्रम न्यूनतम तापक्रम हो भने सबैभन्दा माथि चढेको तापक्रम अधिकतम तापक्रम हो।

न्यूनतम तापक्रम बिहान ८:४५ बजे र अधिकतम तापक्रम साँझ ५:४५ बजे मापन गरिन्छ।

यस्तो थियो बुधबारको तापक्रम विवरण

You May Also Like

More From Author

+ There are no comments

Add yours