केटीएम ३९० एड्भेन्चरको नयाँ भेरियन्ट सार्वजनिक, मूल्य घट्यो

१६ माघ, काठमाडौं । केटीएमले भारतमा ३९० एड्भेन्चरको नयाँ भेरियन्ट सार्जजनिक गरेको छ ।

कम्पनीले भारतीय बजारमा केटीएम ‘३९० एड्भेन्चर आर’ सार्वजनिक गरेको हो ।

कम्पनीले भारतीय बजारमा ३९० एड्भेन्चर आर मोटरसाइकलको मूल्य ३ लाख ७७ हजार ९१५ भारु (एक्स शोरुम) तोकेर बुकिङ खुलाएको हो ।

केटीएमले पुरानो भेरियन्टको तुलनामा १८ हजार ८२९ रुपैयाँ कम मूल्य निर्धारण गरेर आर भेरियन्ट बजारमा ल्याएको हो ।

नयाँ ३९० एड्भेन्चर आरमा केटीएम ३९० इन्डयुरो आर मोडलको जस्तै सस्पेन्सन र ह्वीलहरु प्रयोग गरिएको छ । यसमा २३० एमएम ट्राभल भएको इड्जस्टेवल डब्लूपी एपेक्स सस्पेन्सन सेटअप छ । यसमा दिइएको २३० एमएम ट्राभल स्ट्यान्डर्ड मोडलको तुलनामा बढि हो ।

मोटरसाइकलमा अगाडि २१ र पछाडि १८ इन्चको ह्वील कम्बिनेसनका साथै मिटास इन्डयुरो ट्रेल ट्युब टाइप टायर दिइएको छ । जसले गर्दा मोटरसाइकलको ग्राउन्ड क्लियरेन्स र सिट हाइट पनि बढेको छ ।

कम्पनीले एड्भेन्चर आरमा राइडरको सुरक्षा र सहजताका लागि नयाँ डिजिटल टीएफटी डिस्प्ले र कनेक्टिभिटी सिस्टम पनि दिएको छ ।

साथै, यसमा अफरोड राइड मोड, अफरोड एबीएस, कर्नरिङ एबीएस, डबल डिस्कब्रेक, डबल च्यानल एबीएस, ट्रयाक्सन कन्ट्रोल, राइड बाइ वायर, एलइडी लाइट सेटअप, लगायतका निकै एड्भान्स फिचरहरु पाइन्छ ।

केटीएम ३९० एड्भेन्चर आरमा कम्पनीले नयाँ एलसीफोरसी ३९९ सीसीको सिंगल सिलिन्डर, लिक्वीड कुल्ड इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम ४६ पीएस पावर र ३९ एनएम टर्क जेनेरेट गर्छ । मोटरसाइकलमा ६ स्पीडको गियरबक्स र बाइ डाइरेक्सनल क्वीकसिफ्टर पनि छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours