१४ माघ, काठमाडौँ । प्रसिद्ध भारतीय गायक अरिजीत सिंहले अब प्लेब्याक गायकका रूपमा कुनै पनि नयाँ गीत नगाउने घोषणा गरेका छन् । उनले मंगलबार आफ्नो सामाजिक सञ्जाल फेसबुक र इन्स्टाग्राममार्फत यस्तो बताएका हुन् ।
अरिजीत सिंहले आफ्नो सन्देशमा नयाँ वर्षको शुभकामना दिँदै वर्षौँदेखि आफूलाई माया र समर्थन गर्ने सबै श्रोताहरूप्रति आभार व्यक्त गरेका छन् । उनले अब प्लेब्याक गायकको यात्रालाई यहीँ समाप्त गर्ने बताएका छन् ।
उनको यो घोषणापछि सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ, किनभने पछिल्ला वर्षहरूमा बलिउडका धेरै हिट गीतहरू अरिजीत सिंहकै आवाजमा आएका छन् ।
अरिजीत सिंहले आफ्नो संगीत यात्रालाई ‘एक सुन्दर यात्रा’ भन्दै सबैलाई धन्यवाद दिएका छन् ।


+ There are no comments
Add yours