काठमाडौं काँग्रेस पनि विशेष महाधिवेशनको पक्षमा

२५ पुष, काठमाडौं । नेपाली कांग्रेसका जिल्ला कार्यसमिति विशेष महाधिवेशनको पक्षमा खुल्ने क्रम जारी रहेको छ ।

यसैक्रममा नेपाली कांग्रेस काठमाडौं पनि विशेष महाधिवेशनको पक्षमा खुलेको छ । कांग्रेस काठमाडौँ जिल्ला कार्यसमितिका सभापति कृष्ण बानियाँ (सबुज) ले पुस २७ गतेदेखि हुने पार्टीको विशेष महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूलाई गत गर्दै विशेष महाधिवेशनको पक्षमा ऐक्यवद्धता जनाएका छन् ।

यस कांग्रेसका पाल्पा, अर्घाखाँची, सिन्धुपाल्चोक, उदयपुर, ललितपुर, कास्की, धनकुटा, गोरखा लगायतका जिल्ला सभापतिहरुले विशेष महाधिवेशनका पक्षमा ऐक्यवद्धता जनाइसकेका छन् ।

You May Also Like

More From Author

+ There are no comments

Add yours