१६ पौष, काठमाडाैँ । भारतमा सम्पन्न ९ भारत अन्तर्राष्ट्रिय तेक्वान्डो च्याम्पियनसिप २०२५ मा नेपालले ऐतिहासिक उपलब्धि हासिल गरेको छ। उक्त प्रतियोगितामा विभिन्न देशका खेलाडीहरू बीच कडा प्रतिस्पर्धा हुँदै गर्दा काठमाडौँको बुढानिलकण्ठ नगरपालिका ९ मण्डिकाटारमा अवस्थित छात्रा श्रेया राईले ४४ केजी तौल समूहमा तेस्रो स्थान हासिल गर्दै काश्य पदक जित्न सफल भएकी छिन्। लगातार तीन वर्षको मेहनतले यस सफलता हासिल गर्न सफल भएको राईकी आमाले बताउनुभयो। श्रेया राईको यस उपलब्धिले विद्यालय मात्र नभई सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ। उनको निरन्तर मेहनत, अनुशासन, शिक्षक विद्यालय ,परिवारको तर्फबाट सहयोग र साहसी खेल भावनाले गर्दा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको नाम उजागर गर्न महत्वपूर्ण योगदान दिएको विद्यालयका शैक्षिक प्रमुख गोपालबहादुर महतले जनाउनुभयो।
विद्यालय परिवारले उनको उत्कृष्ट प्रदर्शनको उच्च प्रशंसा गर्दै भविष्यमा प्रतियोगीहरूमा अझ ठूलो सफलता हासिल गर्ने विश्वास व्यक्त गरेको छ। साथै आगामी दिनमा पनि यस्तै लगनशीलताका साथ अघि बढ्न शुभकामना प्रदान गरिएको छ। श्रेया राईको यो सफलता नेपाली विद्यार्थी खेलाडीहरूका लागि प्रेरणाको स्रोत बनेको छ। साथै यस्तै विभिन्न सिसिए र इसिएका कार्यक्रम राखी विद्यालयले विद्यार्थीहरूलाई उचित प्लेटफर्म विगत ३० वर्षदेखि गराउँदै आएको छ। आगामी शैक्षिक सत्र २०८३ बाट कक्षा ११ पनि सञ्चालन गर्ने जमर्को गरिरहेको सम्पूर्णमा यसै विद्यालयका शैक्षिक निर्देशक महत सरले जानकारी दिनुभएको छ।



+ There are no comments
Add yours