क्रिसमसको शुभकामना दिँदै ट्रम्पले पोखे देशका वामपन्थीविरुद्ध यस्तो आक्रोश

१० पुष, काठमाडौँ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले क्रिसमसको शुभकामना दिने क्रममा आफ्ना विरोधीहरूविरुद्ध आक्रोश पोखेका छन्।

बिहीबार सामाजिक सञ्जालमार्फत उनले क्रिसमसको शुभकाना सन्देश जारी गर्दै देशका वामपन्थीलाई कटाक्ष गरेका हुन्।

‘सबैलाई क्रिसमसको शुभकामना- हाम्रो देशलाई ध्वस्त पार्न सम्भव भएसम्म सबै प्रयास गरिरहेको तर नराम्ररी असफल भइरहेको कट्टरपन्थी वामपन्थी फोहोरसहित’ , उनले लेखेका छन्।

यसैगरी उनले अब अमेरिकामा खुला सिमाना र महिला खेलकुदमा पुरुष नरहेको उल्लेख गर्दै सबैका लागि ट्रान्सजेन्डर अधिकार नभएको धारणा राखेका छन्।

उनले थप लेखेका छन्, ‘हामीसँग जे छ त्यो रेकर्ड स्टक बजार, दशकहरूमा सबैभन्दा कम अपराध दर, कुनै मुद्रास्फीति छैन र ४.३ को जीडीपी छ, जुन अपेक्षा गरिएभन्दा २ अंकले राम्रो हो।’

यस्तै ट्रम्पले भन्सार महसुलले अमेरिकाको विकास र समृद्धिमा ट्रिलियन डलर योगदान पुर्‍याएको र सबैभन्दा बलियो राष्ट्रिय सुरक्षा दिएको दाबी पनि गरेका छन्।

उनले लेखेका छन्, ‘हामीलाई फेरि इज्जत गरिँदै छ, सायद यसअघि कहिल्यै भएन। गड ब्लेस अमेरिका!’

You May Also Like

More From Author

+ There are no comments

Add yours