नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यका लागि उपत्यकाबाहिरको निर्वाचन आजदेखि

०४ पौष, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलका उपाध्यक्ष तथा सदस्य पदका लागि आज पौष ४ गते शुक्रबार र भोलि पौष ५ गते शनिबार मतदान हुने केन्द्रहरू तोकिएका छन्।

निर्वाचन समितिका अनुसार उपत्यकाबाहिर पौष ४ र ५ गते हुने मतदानका लागि कतै शुक्रबार मात्र, कतै शनिबार मात्र र कतै दुवै दिन मतदान हुने व्यवस्था गरिएको छ।

निर्वाचन समितिका अनुसार ८ स्थानमा आज शुक्रबार मात्र र ३ स्थानमा भोलि शनिबार मात्र मतदान हुनेछ।

निर्वाचन समितिका अनुसार कोशी प्रदेशअन्तर्गत मेची प्रादेशिक अस्पताल, भद्रपुर, झापा; मधेश प्रदेशअन्तर्गत गजेन्द्र नारायण सिंह अस्पताल, राजविराज, सप्तरी तथा लहान जिल्ला अस्पताल, लहान, सिराहा; वागमती प्रदेशअन्तर्गत उपत्यकाबाहिरका केन्द्रहरूमा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान, हेटौंडा, मकवानपुर; भिम अस्पताल, भैरहवा, रुपन्देही; राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराही, दाङमा पौष ४ गते (शुक्रबार) मात्र मतदान हुनेछ।

त्यसैगरी कर्णाली प्रदेशअन्तर्गत सुर्खेत प्रादेशिक अस्पताल, सुर्खेत र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा पनि पौष ४ गते (शुक्रबार) मात्र मतदान हुने छ।

जिल्ला अस्पताल पाल्पा, भेरी अस्पताल, नेपालगञ्ज, बाँके तथा सेती प्रादेशिक अस्पताल, धनगढी, कैलालीमा पौष ५ गते (शनिबार) मात्र मतदान हुनेछ।

कोशी अस्पताल (ईलाइट क्लब, शनिहाट चौक, विराटनगर–७), विराटनगर, मोरङ; विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान, सुनसरी; जनकपुर प्रादेशिक अस्पताल, जनकपुरधाम, धनुषा; नारायणी अस्पताल, वीरगञ्ज, पर्सा; भरतपुर अस्पताल, भरतपुर, चितवन; गण्डकी प्रदेशअन्तर्गत पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की; तथा लुम्बिनी प्रादेशिक अस्पताल, बुटवल, रुपन्देहीमा पौष ४ र ५ गते दुवै दिन मतदान गर्न सकिनेछ।

त्यसैगरी धुलिखेल अस्पताल, धुलिखेल, काभ्रेमा पौष ११ गते (शुक्रबार) मतदान हुनेछ भने काठमाडौं उपत्यकाअन्तर्गत राष्ट्रिय सभा गृह, भृकुटी मण्डप तथा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा पौष ११ र १२ गते मतदान हुने छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours