अनलाइन माध्यमबाट १ महिनामा २ करोड ७९ लाख ठगीको उजुरी

०२ पुष, काठमाडौँ । जिल्ला प्रहरी परिसर काठमाडौँमा पछिल्लो १ महिनामा अनलाइन माध्यमबाट २ करोड ७९ लाख ३० हजार ठगी भएको उजुरी परेको छ । मङ्सिर महिनामा साइबर माध्यमको प्रयोग गरेर सो रकम ठगी भएको र चरित्र हत्या गरिएको सम्बन्धी उजुरी आएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

अनलाइन माध्यमबाट सामान खरिद गर्दा ठगिएको भन्दै ५४ जनाले उजुरी दिएका छन् । बैंक खातामा अनधिकृत पहुँच राखेर, वैदेशिक रोजगारीमा पठाउँछु भनेर तथा रकम डबल हुन्छ भनेर आरोपीहरूले अनलाइनको माध्यमबाट नै ठगी धन्दा चलाउने गरेका छन् ।

विद्युतीय माध्यमबाट ठगी र चरित्रहत्या भएको भन्दै एक महिनामा १४४ जनाले उजुरी दिएको एसपी भट्टराईले जानकारी दिए ।

You May Also Like

More From Author

+ There are no comments

Add yours