पुस महिनाको महत्व।

२९ मंसिर, काठमाडौँ । मिति २०८२ साल पुस १ गते मंगलबार धनु ,पौष संक्रान्ति सिद्धार्थिनाम संवत्सर, श्रीसूर्यनारायण दक्षिणायणमा,हेमन्तऋतु ,पौषकृष्णपक्ष द्वादशी तिथी राती १२ / २७ बजेसम्म त्यस उप्रान्त त्रयोदशी तिथी आरम्भ,स्वाती नक्षत्र ,अतिगण्ड योग ,कौलव करण ,यो दिन अपरान्ह: १ / ३३ बजे पछि श्रीसूर्य : वृश्चिक राशीबाट धनु राशीमा प्रवेश गर्नुहुनेछ।यो महिनाको देवताको नाम नारायण ,देवीको नाम लक्ष्मी ,सूर्यको नाम विष्णु हो।यो महिनामा धनु राशिमा सूर्य ,तुला राशिमा चन्द्रमा र मिथुन राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेगर्दछ। यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको}फल प्राप्त हुनेछ ।

सहस्रशीर्षं देवं विश्वाक्षं विश्वशम्भुवम् ।
विश्वं नारायणं देवमक्षरं परमं प्रभुम् ॥

यो दिनबाट धनुर्मास आरम्भ हुने भएकोले गोदा माताको पूजा ,पाठ,स्तुति गर्नु परम कल्याण हुने छ।

नीलातुङ्गस्तनगिरितटे सुप्तमुद्वोध्य कृष्णं
पाराथ्र्य स्वं श्रुतिशतश्शिरःसिद्धमध्यापयन्ती ।

स्वोच्छिष्टायां स्रजिनिगलितां या बलात्कृत्य भुङ्क्ते
गोदा तस्यै नम इदमिदं भूय एवास्तु भूयः ।। ॥जय जय

श्रीमन्नारायण॥
कर्कटे पूर्व फाल्गुन्यां तुलसी काननोद्भवाम्
पाण्ड्ये विश्वाम्भरांदेवी वन्दे श्रीरंगनायकीम्।।
पं बालमुकुन्द देवकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours