एलन मस्क भन्छन् : युरोपेली संघ खारेज गरौँ

२१ मंसिर, काठमाडौँ । अमेरिकी अर्बपति एलन मस्कले युरोपेली संघ खारेज गर्नुपर्ने बताएका छन्। युरोपेली संघले एक्समाथि ठुलो जरिवाना लगाएपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्।

उच्चस्तरीय जाँचपछि विश्वका धनी व्यक्ति मस्कको स्वामित्वमा रहेको सामाजिक सञ्जाल एक्सले ब्लकका डिजिटल नियम उल्लङ्घन गरेको भन्दै १२ करोड युरो जरिवाना गरिएको छ।

जरिवाना घोषणा भएपछि मस्कले आफ्नो एक्स खातामा लेखे, ‘युरोपेली संघ खारेज गरेर सार्वभौमिकता व्यक्तिगत देशहरूमा फिर्ता गरिनुपर्छ, ताकि सरकारहरूले आफ्ना जनताको राम्रो प्रतिनिधित्व गर्न सकुन्।’

एक प्रयोगकर्ताले टिप्पणी दोहोर्‍याउँदा उनले जवाफ दिए, ‘मेरो मतलब यो हो। मजाक गरिरहेको छैन।’ ‘म युरोपलाई माया गर्छु। तर नोकरशाही राक्षस अर्थात् युरोपेली संघलाई होइन,’ उनले अर्को पोस्टमा थपे।

एक्सविरुद्धको जरिवाना युरोपेली आयोगले आफ्नो डिजिटल सेवा ऐनअन्तर्गत सामग्रीमा लगाएको पहिलो जरिवाना थियो। आयोगले एक्सलाई ऐनको पारदर्शिता दायित्व उल्लङ्घन गरेकोमा दोषी ठहर गरेको भनेको छ।

उल्लङ्घनहरूमा प्लेटफर्मको प्रमाणित खाताहरूका लागि नीलो चेकमार्कको भ्रामक डिजाइन र अनुसन्धानकर्ताहरूलाई सार्वजनिक डेटामा पहुँच दिन असफल रहेकोलगायत रहेका छन्।

आयोगले एक्सले आफ्नो विज्ञापनबारे पर्याप्त पारदर्शी हुन नसकेको आरोप समेत लगाएको छ। एजेन्सीको सहयोगमा

You May Also Like

More From Author

+ There are no comments

Add yours