क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प

२१ मंसिर, काठमाडौँ । उत्तरपश्चिम क्यानडामा ७ म्याग्निच्युडकाे शक्तिशाली भूकम्प गएको छ। यो भूकम्पलाई देशकै सबैभन्दा शक्तिशालीमध्ये एक मानिएको छ।

भूकम्प युकोन टेरिटोरीमा स्थानीय समय अनुसार शनिबार दिउँसो १:४१ बजे गएको हो, जसको केन्द्रबिन्दु ह्वाइटहर्सबाट करिब २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी भूगर्भ सर्वेक्षणका विज्ञहरूका अनुसार भूकम्प करिब १० किलोमिटर गहिराइमा गएको थियो।

भूकम्पको केन्द्रबिन्दु अलास्काको जुनाउबाट लगभग ३७० किलोमिटर उत्तरपश्चिममा र युकोनको ह्वाइटहर्सबाट लगभग २५० किलोमिटर पश्चिममा थियो। अमेरिकी अधिकारीहरूले भूकम्पपछि दुई परकम्प पनि गएको बताएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours