२० मंसिर, काठमाडौँ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिन शुक्रबार भारतका राष्ट्रपति द्रौपदी मुर्मुलाई भेट्न राष्ट्रपति भवन पुगे।
जहाँ उनको स्वागतका लागि राष्ट्रपति स्वयं र प्रधानमन्त्री नरेन्द्र मोदी उपस्थित थिए।
तर पुटिनले आफ्नो कारबाट ओर्लेपछि न राष्ट्रपति मुर्मुसँग हात मिलाए न प्रधानमन्त्री मोदीसँग।
कारबाट निस्केपछि पुटिनले टाउको हल्लाएर सबैलाई अभिवादन गरे। त्यसपछि राष्ट्रपतितिर फर्के तर उनी अचानक रोकिए र पछाडि फर्किए र अर्का मानिससँग हात मिलाए। त्यसपछि बल्ल उनले राष्ट्रपति मुर्मु र प्रधानमन्त्री मोदीसँग हात मिलाए।
पुटिनको उक्त भिडिओ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ।
खासमा उनले पहिले हात मिलाएका व्यक्ति हुन- राष्ट्रपतिका सैन्य सचिव मेजर जनरल भूदेव परिदा।
उनी रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्वागत गर्न राष्ट्रपति भवनमा राष्ट्रपतिसँगै उभिएका थिए।
मानिसहरूले पुटिनको कदमको प्रशंसा गरिरहेका छन्।


+ There are no comments
Add yours