मेयर बालेन शाहलाई पितृशोक

१५ मंसिर, काठमाडौं । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) का बुवा रामनारायण साहको निधन भएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत रामनारायणको सोमबार दिउँसो निधन भएको हो।

आइतबार बेहोसी अवस्थामा अस्पताल पुर्‍याइएका उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनी पिसाबसम्बन्धी संक्रमण र मधुमेहका बिरामी थिए।

सोमबारै प्रधानमन्त्री सुशीला कार्की सिभिल अस्पताल पुगी मेयर साहका बुवालाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन्।

रामनारायण पेसाले आयुर्वेद डाक्टर थिए। उनले लामो समय काठमाडौँको नरदेवीस्थित आयुर्वेदिक अस्पतालमा काम गरेका थिए।

You May Also Like

More From Author

+ There are no comments

Add yours