०८ मंसिर, मुम्बई । बलिउड अभिनेता धर्मेन्द्रको निधन भएको छ । भारतीय चलचित्रका दिग्गज अभिनेता तथा बलिउडका ‘ही-म्यान’ धर्मेन्द्रको ८९ वर्षको उमेरमा निधन भएको हाे।
उनको आज ८९ वर्षको उमेरमा मुम्बईस्थित घरमै निधन भएको हो । सन् १९६० बाट अभिनय यात्रा सुरू गरेका धर्मेन्द्रले ३०० भन्दा बढी फिल्ममा अभिनय गरेका छन्।
‘शोले’ मा बहुचर्चित वीरूको भूमिकासहित ‘फूल और पत्थर’, ‘सीता और गीता’, ‘चुपके चुपके’, ‘प्रतिज्ञा’ र ‘धर्म वीर’ जस्ता उनका फिल्महरू सदाबहार मानिन्छन्।
यस्तै बलिउडका दिग्गज कलाकारहरू हेमा मालिनी, अमिताब बच्चन, आमिर खानलगायत आर्यघाट पुगेका छन् ।


+ There are no comments
Add yours