थुनामुक्त भए दुर्गा प्रसाईं

०७ मंसिर, काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं थुनामुक्त भएका छन् ।

सर्वोच्च अदालतले प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएपछि उनी छुटेका हुन् ।

प्रसाईंका छोरा निराजनले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाइ गर्दै सर्वोच्चले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो ।

सर्वोच्चका न्यायाधीशद्वय नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले आइतबार प्रसाईंलाई हिरासत मुक्त गर्न आदेश दिएको थियो ।

You May Also Like

More From Author

+ There are no comments

Add yours