बाला चतुर्दशी मेलामा बहुमूल्य गरगहना नलगाई जान प्रहरीको अनुरोध

०२ मंसिर, काठमाडाैँ । पशुपतिनाथ क्षेत्रमा दिवङ्गत पितृको सद्गतिको कामना गर्दै मनाइने बाला चतुर्दशी मेलामा सहभागी हुँदा बहुमूल्य गरगहना नलगाउन जिल्ला प्रहरी परिसर काठमाडौँले अनुरोध गरेको छ । साथै मेलामा पकेटमारी तथा लुटपाट हुन सक्ने भएकोले विशेष सावधानी अपनाउन पनि प्रहरीले आग्रह गरेको छ ।

पितृका नाममा बत्ती बाल्न आज बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको लर्को लाग्छ । त्रयोदशीको बिहानदेखि भेला भएका भक्तजनले बेलुकी विधिपूर्वक पितृका नाममा बत्ती बाल्छन् ।

मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान (भोलि) भने दिवङ्गत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिन्छ । त्रयोदशीको बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले चतुर्दशीको बिहान पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन् ।

यस अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा भक्तजनको भीड लाग्छ ।

You May Also Like

More From Author

+ There are no comments

Add yours