०१ मंसिर, काठमाडौँ। नेपाल प्रहरीको डिआइजीमा विश्व अधिकारी बढुवा सिफारिस भएका छन्।
सोमबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई बढुवा सिफारिस गर्ने निर्णय गरेको हो।
यसअघि पाँच जना डिआइजीको बढुवा सिफारिस निकाल्दा उनलाई छुटाइएको थियो। इश्वर कार्कीलाई एआइजीमा बढुवा सिफारिस गरेपछि एक डिआइजी पद रिक्त थियो।
त्यहाँ अधिकारीलाई बढुवा सिफारिस गरिएको हो।
अधिकारी काठमाडौं जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख थिए। भदौ २३ गतेको घटनापछि उनलाई सरूवा गरिएको थियो।



+ There are no comments
Add yours