मङ्सिर महिना श्रवण !

०१ मंसिर, काठमाडौँ। आज मिति २०८२ साल मङ्सिर १ गते सोमबार वृश्चिक (मार्गशिर्ष)संक्रान्ति ,सिद्धार्थी नामसंवत्सर, दक्षिणायन ,हेमन्तऋतु मार्गशीर्ष कृष्णपक्ष त्रयोदशी तिथी अहोरात्र त्यस उप्रान्त चतुर्दशी तिथी आरम्भ चित्रा नक्षत्र ,प्रीती योग ,गर करण ,श्रीसूर्यनारायण कार्तिक ३० गते राती १ / ४६ बजेबाट तुला राशि समापन गरेर वृश्चिक राशिमा प्रवेश गर्नुहुनेछ भने शरदऋतु समापन भएर हेमन्तऋतु आरम्भ हुनेछ।त्यसैले यो दिनलाई विष्णुपदी नाम गरेको वृश्चिक संक्रान्ति भनिन्छ।

यो महिनाको देवताको नाम केशव ,देवीको नाम विशालाक्षि ,सूर्यको नाम मित्र हो।यो दिन वृश्चिक राशिमा सूर्य: कन्या राशिमा चन्द्र: र कर्कट राशिमा गुरु :{बृहस्पति}को निवाश हुनेछ।यो तिथि ,बार ,नक्षत्र ,योग ,करण र पञ्चाङ्गको फलहरु श्रवण गर्नाले गङ्गा स्नान {नुहाएको} गरेको फल प्राप्त हुने छ।
पं-बालमुकुन्द देबकोटा

You May Also Like

More From Author

+ There are no comments

Add yours