लोकसेवामा फाराम भर्नेमा बाहुन, क्षेत्री धेरै

२३ कार्तिक, काठमाडौँ । लोकसेवा आयोगले लिएका विभिन्न परीक्षामा फारम भर्नेमा बाहुन, क्षेत्री नै धेरै रहेको पाइएको छ।

आयोगले केही दिनअघि राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएको आर्थिक वर्ष २०८१/८२ को प्रतिवेदनले यस्तो देखाएको हो। उक्त आवमा आयोगको परीक्षामा सहभागी हुने फाराम भर्ने उम्मेदवारमा बाहुन, क्षेत्री समुदायका धेरै छन्।

प्रतिवेदन अनुसार फाराम भर्नेमा २३.८ प्रतिशत बाहुन र १८.२५ प्रतिशत क्षेत्री समुदायका छन्। प्रतिवेदनमा उक्त अवधिमा आयोगमा प्राप्त ४ लाख ५९ हजार ८ सय ३४ दरखास्तमध्ये ब्राह्मण (पहाडी), क्षेत्री, थारू, यादव र मगर समुदायको बाहुल्य क्रमशः देखिएको छ।

पञ्जाबी/सिख, लोहोरुङ र विदेशी उल्लेख गरेको जातिको सबैभन्दा कम दुई वटा दरखास्त परेको छ।

You May Also Like

More From Author

+ There are no comments

Add yours