२४ वर्षमा बल्ल रचनालाई भोट हाल्न मन लाग्यो

१६ कार्तिक, काठमाडौँ  नेपालको कानुन अनुसार १८ वर्ष टेकेपछि मतदानका लागि योग्य भइन्छ। यसलाई बालिग भनिन्छ। तर गायिका रचना रिमालले २४ वर्ष पुगेपछि मात्र मतदाता सूचीमा नाम लेखाइन्।

उनी आइतबार जिल्ला निर्वाचन कार्यालय काठमाडौंमा गएर आफ्नो नाम मतदाता नामावलीमा दर्ता गरिन्।

तेह्रथुमकी उनको परिवार पछि झापामा आएर बसेको थियो। झापामा चटपटे व्यापार गर्नेक्रममा युट्युवरले भेटेर गीत गाउन लगाएपछि उनको गायन यात्रा सुरु भएको थियो। सार्वजनिक भएको उनको जन्ममिती सन् २००२ को हो। अर्थात् उनी अहिले २४ वर्षकी भइन्।

निर्वाचन आयोगले अहिले जहाँको मतदाता भए पनि अर्को जिल्लामा गएर नाम दर्ता गर्न सक्ने सुविधा दिएको छ। त्यही सुविधा उपयोग गर्दै उनले आइतबार काठमाडौंमा आफ्नो नाम दर्ता गरेकी हुन्।

उनले कार्यालय पुगेर लाइन बसेको १० मिनेटमै नाम दर्ताको काम सकिएको भन्दै अन्यलाई पनि समयमै दर्ता गराई आफ्नो मताधिकार सुरक्षित गर्न अनुरोध गरेकी छिन्।

जेन-जी आन्दोलनको प्रभावले पछिल्लो समय मतदाता नामावलीमा नाम दर्ता गर्ने युवा पुस्ताको संख्या बढेको छ। निर्वाचन आयोगका अनुसार २९ वर्षसम्मका करिब ९० हजार नयाँ मतदाताले नाम दर्ता गराएका छन्।

You May Also Like

More From Author

+ There are no comments

Add yours